नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

मिति २०८१ पौष २० गते काठमाण्डौमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गर्नु भएको थियो । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
उक्त छलफलमा यही २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययनगरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गर्नु भएको थियो । 
उक्त भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गर्नु भएको थियो । नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६ औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भाद्र महिनामा भृकुटी मण्डपमा सम्पन्न गरेको थियो । यसैक्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्नेछ ।
सो कार्यक्रममा नाडाकातर्फबाट निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्यद्धय अनुपकुमार बराल, नविन कुमार पारख नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारी समेतको उपस्थिति रहेको थियो । 

त्यसैगरी सो कार्यक्रममा वाडाकातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यद्धय शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेल समेतको उपस्थिति रहेको थियो ।
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush