सम्माननीय प्रधानमन्त्रीबाट भाद्र ३ मा आयोजना हुन गईरहेको नाडा अटो शो २०२५ उद्घाटन् हुने

मिति २०८२ श्रावण २५ गते, नाडाका अध्यक्ष करण चौधरीज्यूको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसंग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीज्यूले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा :

  • १२५ भन्दा बढी प्रदर्शक,
  • ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,
  • इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,
  • विन्टेज मोटर शो,

पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनु भयो । 
सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् ।  उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush