नाडाको साधारण सभा निर्धारित मितिमा नै सञ्चालन — कुनै रोकावट छैन
काठमाण्डौं — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा (AGM) विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट गर्दछ।
हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको जानकारी गराइन्छ।
नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ।
सञ्चार माध्यम र सरोकारवालाहरुलाई नाडाद्वारा जारी आधिकारिक सूचनालाई नै आधार मानी समाचार प्रकाशन र व्याख्या गर्न आग्रह गरिन्छ।

